विस्व भरी फैलिदा भाइरस
के हुनि हो डर मात्रै लाइराछ
नेपालमा नि छायो रे कोरोना
केइ हुदैन पापी मन नरोन .
कता-कता पढेको थिए,स्वास्थ नै धन हो । आज त्यो यथार्थलाई अनुभव पनि गर्न पाइरहेको छु।साच्चै स्वास्थ नै सबैभन्दा ठूलो धन रहेछ । प्रसङ्ग जोड्न चाहे कोरोनाको,विगत एक वर्ष पहिले विस्वभरी फैलिएको माहामारी बिचको समयमा त निकै कम हुँदै थियो तर दुर्भाग्यबस भनौ या हामी स्वयंम मानिसको लापरबाहीले भनौ अहिलेको वर्तमान अवस्थामा भयानक प्रकोप लिइरहेको हामी देख्न सक्छौ। महामारिले यसरि फैलिदैछ कि मानौ परालमा लागेको झिल्कोले पुरै बस्तिमा आगलागी भइरहेछ । अतितमा जस्तै वर्तमानमा पनि महामारीले मानव जिवनको हरेक क्षेत्रलाई असर पाइरहेको छ।
कोरोना र यस्ले शिक्षामा पारेको असर को कुरा गर्ने हो भने ,स्थिति भयावह छ। स्कुल,कलेजहरु बन्द भएका छन। विभिन्न तहका परिक्षाहरु रद्द गरिएको छ,विगतमा जस्तै। करिब एक वर्ष पहिले ठिक यहि समयको हारहारिमा हामिले महामारिको स्थितिलाई कम गराउनका लागि लकडाउन मा बसेका थियौ,जसरी अहिले बस्दै छौ।विगतमा महामारिले शिक्षा क्षेत्रलाइ ठूलो धक्का दिएको थियो,व्यापक थियो असर। हामी विद्यार्थीहरु मानसिक रुपले निकै नै कमजोर भएका थियौ, कैयौ बिद्यार्थीले त डिप्रेसनको शिकार भएर आत्महत्या पनि गरेको समाचार हामिले सुनेका थियौ ।अब पनि कतै यस्तै समस्या आउने त हैन ?
बिहानको समाचारले भन्थ्यो रोकिएका सबै तहका परिक्षाहरु अब केही दिनमै गराउने तयारी, साझको समाचारले भन्थ्यो परिक्षा तत्काल हुदैन पढ्दै गर्नुस ।भन्न सजिलो छ तर एकपटक सोच्नुहोस त मनभरी डर अनि त्रासले पढ्नु को के अर्थ?जति कुरा गरेपनि अहिलेको पढाइ परिक्षा केन्द्रित नै हुन्छ आज पढेको कुरा बढिमा २ हप्ता भन्दा बढी टिकाउन गाह्रो नै पर्छ। शिक्षामन्त्री ज्यु,तपाइलाइ म आग्रह गर्न चाहान्छु विगतमा जसरी हामी बिद्यार्थीको परिक्षालाई लिएर मस्तिष्कभरी भार थपाइदिनु भयो त्यसरी नै वर्तमानमा पनि यो गल्ति नदोहोर्याइ दिनु होला। ठिक समयमा विद्यार्थीको मस्तिष्कमा भार नहुने गरि सहि निर्णय गरिदिनुहोला भन्न चाहान्छु ।
यदि विगतमा जस्तै त्यही गल्ती दोहोराउनु भयो भने बिद्यार्थीको जिवनमा खेलवाड हुने छ।प्रिय बिद्यार्थीहरु तपाइलाइ एउटा प्रश्न गर्न चाहान्छु,शिक्षा भनेको कलेज,स्कुलमा गएर मात्र लिने कुरा हो र?हैन नि? सम्भव छ भने सामाजिक सन्जाललाई प्रयोग गरेर पढ्नुस सम्भव छैन भने सरकारले रेडियो टेलिभिजन अन्य विभिन्न माध्यमबाट पढाइरहेको छ त्यसलाइ सदुपयोग गर्न सक्नु हुन्छ यदि यो पनि सम्भव छैन भने तपाईंहरु अन्य पुस्तकहरु पढ्नुस ,सिर्जनात्मक काम गर्नुस । जे गर्नुहुन्छ यो सोचेर गर्नुस कि तपाइलाइ समय दिएको छ तपाइका इच्छा पूरा गर्नका लागि। यो समयमा तपाइहरुले आफ्नो सिर्जनात्मक कार्यलाइ अघि बढाउनुहोस आफ्नो प्रतिभा चिन्नुस र त्यसलाइ सदुपयोग गर्नुहोस ।
बिन्ती गर्छु हरेक बिद्यार्थी साथिहरुलाइ यो समयमा एकान्तमा बसेर आफुलाइ डिप्रेसनको सिकार नबनाउनुस।यदि हामी स्वास्थ रह्यौ भने शिक्षा त जति बेला पनि हासिल गर्न सकिन्छ । तपाइले गर्ने हरेक सिर्जनात्मक काम शिक्षा त हो हैन र?शिक्षा बिना जिवन अधुरो छ तर शिक्षा नै सबथोक हैन ,त्यसैले सक्दो आफुलाइ यो समयमा ब्यस्त बनाउनुहोस पुस्तकहरु पढ्नुहोस र आफुलाइ स्वस्थ राख्नुहोस ।
राजन अधिकारी
कालिका स्कूल अफ ल, कक्षा ११