१५ दिन निषेधाज्ञा हुने शहर यिनि हुन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १५ दिन देशका मुख्य शहरहरूमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
मुख्य शहरहरू काठमाडौँ उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुरलगायतलाई कोभिड(१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले मुख्य शहरी क्षेत्रको भन्‍दै यसअघि नै सरकारलाई विद्यालय बन्‍द गर्न सिफारिस गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ले सोही आधारमा मुख्य शहरी क्षेत्रमा बैशाख मसान्तभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो

सोमबारको मन्त्रिपरिषद्‌ बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ ।