अछाम – अछामको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।
अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयमा २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएकोमा १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।
विद्यार्थीमा कोरोना देखिएपछि १० जना शिक्षकको पनि स्वाब संकलन गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले बताउनुभएको छ
संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्।