सुर्खेत – सुर्खेत वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव भेटिएको छ ।
भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउने को शब भएको बताइएको छ।
वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिनुभयो।
शव व्यवस्थापन गरि पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिसकेर थप अनुसन्धान भैरहेको निरीक्षक शाहीले बताउनुभयो ।