सल्यानको कुपिण्डे दहमा ७ जना सवार चढेको एक डुंगा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डुंगा डुवे पनि सवार ७ जनालाई अन्य डुंगा सवार व्यक्तिले उद्धार गरिएको बताइएको छ
हिजो दिउसो १२ बजे तिर कुभिण्डे तालमा नयाँ वर्ष मनाउन गएका सात जना सवार डुंगा तालको किनारबाट दुइ सय मिटर पर डुवेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी गोविन्द थापाले बताउनुभयो।
प्रहरी का अनुसार डुंगामा प्वाल परेकाले डुंगा डुबेको बताइएको छ तर प्रत्यक्षदर्शीका अनुसार भने डुंगामा सवार व्यक्ति सेल्फि र भिडियो खिचिरहेको समयमा बढी भार परेर पानी भरिएका कारण यो दुर्घटना भएको बताएका छन् ।