पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

बुधबार घाँस काटिरहेकी रेनुका सुनारलाई बाघले आक्रमण गरेको हो।

मधुवन–३ की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो।

सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।