इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीकाे शानदार जीत

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्ममटनमाथि शानदार जीत निकालेको छ।

गएराति सम्पन्न खेलमा सिटीले साउथहम्पटनलाई ५-२ गोल अन्तरले हराएको हो। सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले २-२ गोल गरे। त्यस्तै इके गुनडोगनले एक गोल गरे। त्यस्तै साउथहम्पटनका लागि जेम्स वार्ड प्रोज र चे एडम्सले एक एक गोल गरेका थिए । पछिल्लो म्यानचेस्टर डर्बीमा हार बेहोरेको सिटी फेरी विजयी लयमा फर्किएको छ।

जितपछि म्यानचेस्टर सिटीको २९ खेलमा ६८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा १४ अंकले अगाडी भएको छ। त्यस्तै साउथह्ममटनको २८ खेलमा ३३ अंक छ भने लिगमा १४औ स्थानमा झरेको छ।