स्वास्थ्य मन्त्रालयद्वारा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५ संसोधन गर्न सुझाव माग गरेको छ ।

स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्नुपर्ने भन्दै मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारवालासँग सुझाव माग गरेको हो । ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरूको सम्बन्धमा सुझाव पेस गर्न सरोकारवालालाई सूचनामार्फत आग्रह गरिएको हो ।

७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न मन्त्रालयले आह्वान गरेको हो ।