सुर्खेतमा नेकपाको बोर्ड हटाएर एमाले पार्टी कार्यालय स्थापना

सुर्खेत –  नेकपा एमाले सुर्खेतले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ब्युँताइदिएपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो ।

वीरेन्द्र नगरस्थित पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै एमाले समर्थकले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाए । पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको बताए। उनले भने, ‘सबैलाई समेटेर एमालेलाई एकताबद्ध बनाउनुबाहेक अरु विकल्प छैन।’

एमाले जिल्ला कमिटी सचिव मोहन बडुवालले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । सबै नेताहरुसँगको छलफलपछि जिल्लास्थित एमालेका सबै कमिटीको बैठक राख्ने उनले बताए ।