राजनीतिक पावर विना खोप आउँन सक्दैन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ – स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले राजनीतिक पावर विना खोप आउँन नसक्ने बताएका छन्। शनिबार युनिसेफ र स्वास्थ्य मन्त्रलयकाे संयुक्त आयोजित खाेपसमबन्धि कार्यक्रममा उनले खोप समयमै नेपाल भित्राउन राजनीतिक पावर लगाउन पर्ने उल्लेख गरे ।

 

आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा १७ लाख मानिसलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए। उनले कार्यक्रममा बोल्दै भने, ‘खोप व्यवस्थापनमा धेरै जटिलता छ। सिमित देश र कम्पनीले मात्रै खोप बिकास गरेका छन्। कम्पनीको भरमा बसेर मात्र हुँदैन, राजनीतिक पावर लगाउनपर्छ ।’

 

यसको साथै उनले महामारी र खोपको विषयमा अनुसन्धान भैरहेको र खोप नै वार्तामान समयको लागि अन्तिम विकल्प रहेको बताए। ‘खोपले कोरोनालाई निर्मुल होईन, नियन्त्रण गर्छ। खोप भन्दा बढी प्रभावकारी अरु केही छैन।, ‘उनले भने।