रियल सोसिडाडविरुद्ध रियल मड्रिड, दोस्रो स्थानमा उक्लिने अवसर

काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन्।

घरेलु मैदानमा रियल मड्रिडले राति पौने २ बजे सोसिडाडको सामना गर्नेछ। जारी लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिड सोसिडाडविरुद्ध जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ।

रियल मड्रिडको ५२ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ। यस्तै मड्रिडविरुद्ध मैदान उत्रन लागेको सोसिडाड तालिकाको पाँचौ स्थानमा छ। उसको ४१ अंक छ।