बुहविवाह मुद्दामा दुई वर्ष सजाय पाएका दम्पती १५ वर्षपछि समातिए

दैलेख – जिल्ला अदालत दैलेखबाट दुई वर्ष सजाय तोकिएको एक दम्पती १५ वर्षपछि पक्राउ परेका छन्। दैलेख अदालतले २०६२ माघ ९ गते बहुविवाह मुद्दामा २ वर्षको सजाय तोकिएका उनीहरूलाई प्रहरीले १५ वर्षपछि आज पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का टेकराज केसी र उनकी कान्छी श्रीमती तृप्ति केसी रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत दैलेखमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। – थाहाखबर