कतारमा रहेका जुम्लाका युवाद्वारा अग्नि पीडितलाई राहत

कतारमा रहेका जुम्लाका युवाले अग्नि पीडितलाई राहत दिएका छन्।

जुम्ली सेवा समाज दोहा कतारले जुम्लाको तिला गाउँपालिका–७ का अग्नि पीडितलाई राहत दिएका हुन ।
गत माघ १३ मा आगलागी भई विस्तापित भएका परिवारलाई आइतबार जुम्ली सेवा समाज दोहा कतारले खाद्यन्न राहत उपलब्ध गराइएको हो।

गोठीगाउँका ३० घरधुरीका अग्नि पीडितलाई प्रतिव्यक्ति एक बोरा चामल, एक कम्लब, पाँच प्याकेट तेल र चक्की साबुन गरी प्रतिव्यक्ति तीन हजार ५०० गरी करिब १ लाख ५ हजार बराबरको राहत वितरण गरिएको हो।

बैदेसिक रोजगारको लागि कतारमा काम गरेका युवाहरुले आफ्नो खर्च कटाएर अग्नि पीडितलाई पठाएको राहतको प्रशासन, जनप्रतिनिधि तथा अग्नि पीडितहरुले प्रंशसा गरेका छन्।

अग्नि पीडित पर्वलाल रोकायाले विदेशमा बसेर अग्नि पीडतलाइ सहयोाग गरेर जुम्ली सेवा समाज कतारले ठूलो मानवियता देखाएको बताएका छन यस्तै उनले आगलागी हुँदा घरसँगै अन्नपात सबै जलेर नष्ट भएको पनि बताएका छन ।

यस्तै तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले विदेशमा श्रम गरेर पनि अग्नि पीडितको पीडामा मलम लगाउन सहयोग गर्ने जुम्ली सेवा समाज कतारप्रति आभार व्यक्त गर्नूभएको छ ।