इङलिस प्रिमियर लिगमा टोटनह्यामको फराकिलो जित, लिभरपुल पनि विजयी

इङलिस प्रिमियर लिग अन्तर्गतको फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ भने टोटनह्यामले बर्नलीमाथि फराकिलो जित निकालेको छ

गएराति सम्पन्न भएको खेलमा लिभरपुलले सेफिल्डलाई २- ०ले हरायो यस्तै टोटनह्यामले बर्नलीमाथि ४-० को फराकिलो जित हासिल गरेको हो।

टोटनह्यामको जितमा ग्यारेथ बेलले उत्कृष्ट प्रदर्शन गरेका थिए। बेलले टोटनह्यामका लागि २ गोल गरेका थिए भने २ गोल असिस्ट गरेका थिए। यस्तै टोटनह्यामका लागि ह्यारी केन र लुकास मोउराले एक एक गोल गरेका थिए।

जितपछि लिभरपुलको २६ खेलबाट ४३ अंक भएको छ। लिभरपुल तालिकाको छैठौं स्थनामा छ । टोटनह्यामको २५ खेलमा ३९ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ। त्यस्तै बर्नलीको भने २६ खेलमा २८ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा आर्सननलले लिसेस्टर सिटीलाई ३-१ ले हराउँदै तालिकाको दशौं स्थानमा उक्लिएको छ। यस्तै हारेको लिसेस्टर तेस्रो स्थानमा रहेको छ ।

यस्तै म्यानचेस्टर युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दा क्रिस्टल प्यालेस र फुलह्याम पनि गोलरहित बराबरीमा रोकिएका हुन