प्रधानाध्यापक को कुटपिट बाट विद्यार्थी घाइते

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी मनिका नाथ प्रधानाध्यापक खड्कसिंह विष्ट ले कुटपिट गरेर घाइते भएकी छन्।

प्रधानाध्यापक  विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका लाई सोमबार कुटपिट गरेको आरोप लागेको छ।मनिकाको टाउकोमा चोट छ।कुटपिटपछि मनिका बेहोश भएकी थिइन्।

उनको महाकाली अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो

खेलकूदमा सहभागी हुने विषयमा शिक्षकले भनेको नमानेको भन्दै विष्टले मनिकामाथि कुटपिट गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।