सुपर लिग एनएसएल फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो सातादेखि शुरु

नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहने छ।

प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ। प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ।(thahakhabar.com)