६ स्वास्थ्यकर्मी सहित थप ५३५ कोरोना संक्रमित

काठमाण्डाै–पछिल्लो २४ घण्टामा ६ जना स्वास्थ्यकर्मी सहित जम्मा ५३५ मा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको नियमित पत्रकार व्रिफिङ्गमा दिइएको जानकारी अनुसार संक्रमित हुने जिल्लाको संख्या ७६ पुगेको छ । संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा प्रादेशीक अस्पताल सुर्खेतका ५ जना र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा काम गर्ने १ जना रहेका छन् । अन्य संक्रमित हुनेहरुमा प्रदेश नम्बर १ ल्यावबाट मोरङ्गका १५ जना र झपाका ३ जनामा कोराना पुष्टी भएको छ । त्यसैगरी गजेन्द्र नारायण अस्पताल प्रयोगशालामा सप्तरीका ११ जनामा कोरोना पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरीएको प्रयोगशालामा रौतहटका ३४ जना, सर्लाहीका ४६, सिराहाका २३ जना र धनुसाका १ जना रहेका छन् । गण्डकी प्रदेश प्रयोगशालामा गरीएको परिक्षणमा स्याङ्गजामा १२ जना र नवलपरासी पुर्वमा ८ जनामा कोरोना पुष्टी भएको छ । त्यसैगरी कर्णाली प्रदेश प्रयोगशाला सुर्खेतमा गरीएको परिक्षण्मा दैलेख २, हुम्ला १, सल्यान ४ र सुर्खोत १८ गरी जम्मा २० जनामा कोरोना पोजेटीभ देखीएको छ । प्रदेश ५ प्रयोगशाला भैरहवामा गरीएको परिक्षणमा पाल्पाका ८३ जनामा कोरोना पुष्टी भएको छ ।