कर्णालीमा थप २६ जनामा कोरोना, संक्रमितको संख्या १२ सय ८२ पुग्यो

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा थप २६ जनामा कोरोना देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यो सँगै कर्णालीमा संक्रमितको संख्या १२ सय ८२ पुगेको छ । यस्तै सोमबार नै कर्णालीमा थप २० जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ सय ५१ पुगेको छ ।