जटिल खालका बिरामीबाहेक अन्य बिरामीलाई अस्पताल नआउन चिकित्सकको अनुरोध

सुर्खेत- प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सहरुकहरुले आकस्मिक र जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका छन् ।

अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै सामान्य खालका बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका हुन् ।समुदाय स्थरबाट आएका बिरामीलाई कोरोना पुष्टि हुन थाले पछि सर्तकता अझै बढाउनुपर्ने अवस्था आएको डा प्रदिप न्यौपाने बताउछन् ।

‘बिरामीबाट हामिलाई कोभिड सर्ने हो कि ? भन्ने भन्दा पनि अब त हामिबाटै बिरामीलाई सर्ने खतरा छ ।’ उनले भने, ‘नियमित औषधि सेवन गर्ने जस्तैः सुगर, प्रेशर,दमको दिर्घरोगिहरुले सम्भव भएसम्म घरनजिकैका स्वास्थ्य सस्थाबाट औषधि उलब्ध हुने भए अस्पता नआउन हामिले अनुरोध गरेका छौ ।’ अस्पतालमा सबै स्वास्थ्य जनशक्ति २६४ छन् ती मध्ये आधा जनशक्ती कोरोनाका बिरामीको सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संगलग्न भएको अस्पतालले जनाएको छ । अस्पतालले भनेको छ गर्भवती, सुत्केरी, तथा चोटपटक जस्ता जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई घरमै बसेर आफ्नो ख्याल गर्न अनुरोध गरिएको छ । कुनै समस्या भए बिरामीले फोनबाट सम्पर्क गरेर परामर्श लिन सक्ने डा न्यौपाने बताउछन् ।