प्रदेश आयुर्वेद औषधालयले क्यारेन्टाइनमा मनाइयो योग दिवस

सुर्खेत—अन्तर्राष्ट्रिय छैटौं योग दिवसको अवसर पारेर प्रदेश आयुर्वेद औषधालयले सुर्खेतका क्वारेन्टाइनमा आइतबार योग दिवस मनाइएको छ । प्रदेश आयुर्वेद औषधालय कर्णाली प्रदेश सुर्खेतकोे आयोजना तथा सुर्खेत जिल्ला पतन्जली योग समितीको समन्वयमा क्वारेन्टाइनमा योग अभ्यास गर्नुका साथै प्रदेश अस्पताको आईसोलेसनमा रहेका ब्यक्तिहरुलाई आयुर्बेदिक औषधि बितरण गरिएको औषधालयले जनाएको छ । यसका साथै प्रदेश आयुर्वेद औषधालयको प्राङ्गणमा जडिबुटिजन्य बृक्षारोपण गरिएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा बोल्दैै आयुर्बेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कंडेलले कोरोनाको माहामारिमा आफ्नो संगठन अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरे । उनका अनुसार,मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्र्न, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग तथा ध्यानका अभ्यास फाइदाजनक छन् । अध्यात्मिक रुपमा स्वास्थ रहनको लागि स्वस्थ्य खानपान तथा योग र ध्यानका अभ्यास सबै उमेरसमुहका मानिसले दैनिक रुपमा अपनाउन पर्ने अध्यक्ष कंडेलको सुझाव छ ।