देशभर थप ३३१ जनामा कोरोना पुष्टि

काठमाडौं–नेपालमा थप ३३१ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार थप ३३१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । काठमाडौंका १ जना र भक्तपुरमा ७ जनामा पनि कोरोना पुष्टि भएको छ । यसँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ। पछिल्लो २४ घण्टामा १७६ जना संक्रमण जितेर घर फर्किएका छन् । जसमध्ये १८ जना महिला १५८ जना पुरुष रहेका छन् । अहिलेसम्म नेपालमा १ हजार ५ सय ७८ जना कोरोना जितेर घर फर्केका छन् ।

कहाँका कति ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान- झापाका १ जना, सुनसरीका २ जना

प्रादेशिक प्रयोगशाला विराटनगरमा -मोरङका ८ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर- महोत्तरीका २४ जना, सर्लाहीका ३ जना

नारायणी अस्पताल वीरगन्ज प्रयोगशाला -बाराका ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु – बाराका १ जना, बाग्लुङ १४ जना, बैतडीका १८ जना, गुल्मीका १८ जना, डडेल्धुराका १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १ जना, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १ जना, रामेछापका ३ जना, रौतहटका २ जना, रुपन्देहीका १ जना, सर्लाहीका ६ जना

शुक्रराज अस्पताल प्रयोगशाला –धादिङका ८ जना, पाल्पाका १६ जना, भक्तपुरका ७ जना भरतपुर अस्पताल प्रयोगशालामा- नवलपरासीपूर्वका ४ जना, स्याङजाका १ जना

हेटौडा प्रयोगशालामा-रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशाला- कैलालीका २ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला -बाग्लुङका ६ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा- नवलपरासीपूर्वका ११ जना, तनहुँका २३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही- पाल्पाका १६ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज- बाँकेका १४ जना, बर्दियाका ७ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला- रुकुमपश्चिमका १ जना, दाङका ४ जना, प्युठानका ८ जना