नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो

काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २सय १६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार थप २ सय १६ जना डिस्चार्ज भएका हुन्। कोरोना मुक्त हुनेहरुमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १४ सय २ पुगेको छ।