कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न

धनगढी-नेपालगंज मेडिकल कलेजमा कोभिड–१९ संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर गरिएकी ती महिलाको शनिबार शल्यक्रिया सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका कपिलवस्तुबाट आएकी २७ वर्षीया गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे (सिन्हा) ले बताइन् । शल्यक्रिया टिममा डा. कविता, डा. अमरेन्द्र कुशवाह, डा. राजेश केसी, डा. रविन श्रेष्ठसहित ७ जनाको टिम सहभागी भएको थियो । बच्चा तथा आमा स्वास्थ्य अवस्था सामान्य रहेको शल्यक्रियामा सहभागी डा. अमरेन्द्र कुशवाहले बताए ।