थप ५८ जनामा कोरोना पुष्टि

पाेखरा–गण्डकी प्रदेशमा थप ५८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीअनुसार तनहुँका २५ जना, नवलपुरका १६ जना, गोरखाका ५ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना र बागलुङ्गका १ जना रहेका छन् । संक्रमित सबै क्वारेनटाइनमा रहेको निर्देशनालयका प्रमुख डा बिनोद विन्दु शर्माले जानकारी दिए । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।