डि.एन.ए परीक्षण ल्याबको रुपमा बिकास गरिने : उपकुलपति प्रडा सिंह

 सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जडीबुटी उत्पादन अनुसन्धानको केन्द्र विन्दु बनाउने र डिएनए परीक्षण गरीने ल्यावको रुपमा विकास गरीने भएको छ । विश्वविद्यालयको १० औ वार्षिक उत्सवका अवसरमा उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले यस्तो योजना अगाडी सारेका हुन् । वार्सिक उत्सवको अवसरमा आयोजना गरीएको बेबमिनारमा बोल्दै उनले सो विश्वविद्यालयलाइ अन्तराष्ट्रिय रुपमा प्रतिष्पधी बनाउने समेत दावी गरे । कर्णाली प्रदेश सरकारले विश्वविद्यालयको गुणस्तर सुधारकोलागि यस वर्षको बजेटमा १० करोड रुपैया विनियोजन गरेको समेत जानकारी दिएका थिए । प्रदेश सरकारसंगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नैे डि.एन.ए परिक्षण ल्याबको रुपमा समेत लैजाने बताए । कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि जुटिरहेका विश्वका २०० विश्विद्यालयहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय समेत पर्नु गौरवको विषय भएको उनको भनाई थियो ।