नेपालमा संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौँ –नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ५ सय ८६जनामा कोरोना पुष्टि भएको जनाएको हो। यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

कहाँ कति संक्रमित थपिए ?

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा – ५ जना

प्रदेश नम्बर १ प्रादेशिक प्रयोगशाला

विराटनगर प्रादेशिक प्रयोगशाला – जनकपुर जिल्लामा २७

नारायणी अस्पताल प्रयोगशाला – विरगञ्ज जिल्ला ६ जना

भरतपुर अस्पताल प्रयोगशाला – ३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ – २६५ जना

धुलिखेल अस्पताल प्रयोगशाला – ९९ जना

प्रदेश प्रयोगशाला भैरहवा – ५९ जना

भेरी अस्पताल प्रयोगशाला – ३२ जना

राप्ति राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान – दाङ्ग जिल्लामा ३३ जना

प्रादेशिक प्रयोगशाला – सुर्खेत जिल्लामा ४ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – १४ जना

सेती अस्पताल धनगढी – ७ जना