र्‍यापर मिस्टरआरजेको ‘माकुरी’ सार्वजनिक

काठमाडौं – लोकप्रिय र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीतमा ‘माकुरी’ गीत सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा आरजेको संगीत रहेको गीतमा समीर आचार्य र रोशनी थापाको स्वर छ।

सो गीतमा आरजेले र्‍याप पनि हानेका छन्। उनको सो गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा चर्चित कलाकारहरुले नृत्य तथा अभिनय गरेका छन्। कलाकार हरिस निरौला, जिवेश गुरुङ, प्य्राङ्क स्टार एलिस राई, उषा उप्रेती, स्मारिका ढकाल र समारिका ढकालले गीतमा अभिनय गरेका हुन्‌।