एकैदिनमा थपिए ५ सय ३० संक्रमित, हेर्नुहोस् कुन जिल्लामा कति थपिए ?

काठमाडौँ –नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो समचार तयार पर्दासम्म सबैभन्दा बढी प्रदेश २ मा एकै दिन ३ सय ४० नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी, प्रदेश ५ मा १ सय २४ र प्रदेश १ मा १४ जना नया संक्रमित थपिएका हुन् । प्रदेश १ कोरोना परीक्षण प्रयोगशालामा गरिएको जाँचमा मोरङका १० जना र झापाका ४ जना नयाँ संक्रमित पत्ता लागेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पतालको प्रयोगशाला, नारायणी अस्पतालको प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा जाँच गर्दा ३ प्रदेश २ का ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २२ जना, महोत्तरीका १ सय ८५ जना, रौतहटका १ सय १६ जना, सर्लाहीका ६ जना र सिराहाका १ जना रहेका छन् । प्रदेश ३ स्थित भरतपुर अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरीएको जाँचमा अर्घखाचीका ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश अन्र्तगत नवलपरासी पुर्वका १८ जना र पर्वतका ३ जनामा कोरोना पुष्टि भएको प्रदेश निर्देशनलायले जनाएको छ । प्रदेश ५ प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गु्ल्मी १६, प्युठान १९, रुपन्देही ४, अर्घखाची २० गरी ६९ जनामा पुष्टि भएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याबमा गरिएको परीक्षणमा सल्यान र दाङका गरी ३३ जनामा कोरोना पोजेटीभ देखिएको छ । प्रदेश ५ कै भेरी अस्पतलको ल्याबमा गरिएको परीक्षणमा बर्दीयाका ३१ र बाकेका १ जना गरी ३३ जनाको कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशाला सुर्खेतमा गरीएको परीक्षणमा सुर्खेतका २ र दैलेखका २ गरी चार जनामा पोजेटीभ देखिएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाजरकोटका १४ जनामा कोभिड-१९ पुष्टि भएको हो ।