अर्घाखाँचीका ३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन – चितवनमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार भरतपुर अस्पतालमा रहेको कोभोड-१९ प्रयोगशालामा परीक्षण गर्दा अर्घाखाँचीका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा अर्घाखाँची भूमिका स्थानका २७ र २८ वर्षीय, मालारानीका २९ वर्षीय पुरुष गरी तीन जना रहेका छन् । मंगलबार अर्घाखाँचीका २००, देवचुली नगरपालिकाका ५२, चितवन मेडिकल कलेजका १, पुरानो मेडिकल कलेजका १, भरतपुर कोभिड ल्याबका १ जनाको स्वाब नमुनको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । २५५ जनाको प्रयोगशालामा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी २५२ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।