कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण

सुर्खेत– कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीमा कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५० हजार २ सय ९५ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमा सबैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ ।

निर्देशनालयका अनुसार आरडिटी विधिबाट ३३ हजार ३ सय ४३ जनाको परिक्षण गरिएकोमा ९ सय ९६ जनाको रिर्पोट पोजेटिभ आएको थियो भने ३२ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै प्रदेशभर पिसिआर विधिबाट १६ हजार ९ सय ५२ जनाको कोरोना जाँच गरिएको छ । जसमध्ये १ हजार ८६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा निर्देशनालयका क्षय तथा कुष्ठ रोग अधिकृत पदम केसिले जानकारी दिए । यस्तै, ५५ सय २१ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । जसमध्य प्रदेश अस्पताल,पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ सय २१ नमुना परिक्षणको क्रममा छन ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ४२ सय मननुना परिक्षणको क्रममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याव इन्चार्ज विवेक पुनले जानकारी दिए । जुम्ला प्रयोगशालामा कर्णाली प्रदेशका सबै जिल्लाबाट दैनिक ५ सय देखि ६ सयको हाराहारीमा नमुना आउने गरेकाले परीक्षणमा समस्या भएको उनको भनाइ छ ।