पाकिस्तानमा मन्दिर आक्रमण प्रकरण, १२ अधिकारी बर्खास्त

काठमाडौं – पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तिय सरकारले एक छानविनपछि १२ प्रहरी अधिकारीहरुलाई बर्खास्त गरेको छ । केही दिनअघि एक हिन्दू मन्दिरमा भएको हमलापछि यो छानविन सुरु गरिएको थियो । यी अधिकारीहरुलाई मन्दिरको रक्षा गर्नमा भूमिका खेल्न नसकेको भन्दै कारबाही गरिएको हो । मन्दिरमा एक कट्टरपन्थी इस्लामिक पार्टीका सदस्यहरुको नेतृत्वमा एक भिडले हमला गरेको थियो । यसक्रममा सरकारले ३३ जना पुलिस अधिकारीहरुलाई एक वर्षका लागि निलम्बन गरेको छ ।

कोहट क्षेत्रका पुलिस उपमहानिरीक्षक तैयब हाफिज चिमाले घटनाको छानविनका लागि छानविनकर्ताका रुपमा जहीर शाहलाई नियुक्त गरेका थिए र एक साताभित्र रिपोर्ट पेश गर्न भनेका थिए । शाहले यस मामिलाई ७३ प्रहरी अधिकारीको छानविन गरे, र आफ्नो कर्तव्य निर्वाह गर्न असफल १२ प्रहरी अधिकारीलाई बर्खास्त गर्न सिफारिस गरे ।

साढे तीन सयभन्दा धेरै मानिसको भीडले गत डिसेम्बर महिनामा खैबर पख्तूनख्वाको करक जिल्लास्थित टेरी गाउँको एक मन्दिरमा हमला गरेका थिए । यी मानिसहरुले मन्दिरमा हानी पुु¥याउनुका साथै मन्दिर परिसरमा बनेको सन्तको समाधि स्थललाई पनि निशाना बनाएका थिए ।

टेरी गाउँमा हिन्दूको संख्या निकै कम भएपनि आसपासका इलाकामा बस्ने ठूलो हिन्दू जनसंख्या यस प्राचिन मन्दिरको दर्शनका लागि आउने गरेका थिए । यसअघि १९९७ मा पनि यस मन्दिरमा कट्टरपन्थीहरुले हमला गरेर क्षति पु¥याएका थिए, त्यसपछि सरकारले यसलाई पुनर्निर्माण गरेको थियो ।