मेची–महाकाली यात्री कर्णालीमा, आमा सेमिनार सम्पन्न

सुर्खेत -सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम मेची महाकाली यात्राको टोलीले वीरेन्द्रनगरमा शुक्रबार आमा सेमिनार कार्याक्रम समपन्न गरेको छ ।

कर्णाली प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालको आयोजना र मानवसेवा आश्रम कर्णाली प्रदेश र मेची महाकाली यात्राको सहजिकरणमा उक्त कार्यक्रम समपन्न भएको हो । उक्त यात्री टोलीले आफ्नो ४० जनाको टिम नेपालका सातै प्रदेशमा सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार गर्नको लागि यात्रामा हिडेको बताएको छ ।

यात्री टोलीले अन्य प्रदेश नम्बर १ देखी लुम्बिनी प्रदेश हुदैँ कर्णाली प्रदेशमा आइपुगेको हो । कर्णाली प्रदेशमा प्रवेश गरेको यात्रीहरुको टिमलाई मानवसेवा आश्रम कर्णाली प्रदेशमा रहेको वीरेन्द्रनगर सुर्खेत शाखाले कर्णाली प्रदेशको प्रवेशद्वारमा नै स्वागत गरेको थियो ।

कर्णाली प्रदेशलाइ २०७६ साल माघ ४ गते सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश घोषणा गरिसकेको छ । यस बर्ष सोही अवसर र सहयोगापेक्षी सडकमानवमुक्त कर्णाली प्रदेश घोषणा गरिएको वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश लेखिएको बोर्ड समेत आमा सेमिनार कार्याक्रम अनावरण गरिएको छ ।

यस्तै आमा सेमिनार कार्याक्रम तथा सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रमका लागि कर्णाली प्रदेश आएको मेची महाकाली यात्राको टिमलाई भेरिगंगा नगरपालिकाका उप–मेयर तथा सिङ्गो नगरपालकिा परिवारले छिन्चु बजारमा स्वागत गरेका थिए भने आश्रमलाई तन, मन र धनको त्रिवेणीबाट साथ, सहयोग गर्दै आएका अभिभावकहरुले आश्रम परिसरमा भव्य स्वागत गर्दा आश्रमको विगत देखीनै गरिमा बढाउँदै आएका राष्ट्रिय देउडा गायक पाण्डव बिष्टले कार्याक्रमलाइ संगीतमय बनाएका थिए ।