कोभिड-१९ अस्पताललाई सरुवा रोग अनुसन्धान केन्द्र बनाइने

५० करोड बजेट विनियोजन

विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रलाई प्रदेश १ सरकारले सरुवा रोग अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ । सोमबार प्रदेश १ को आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्गबोले यस्तो जानकारी दिए । उक्त अस्पतालको आवश्यक औषधी र उपरकणर खरिदमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री आङ्गबोले बताए । धनकुटामा रहेको अस्पताललाई प्रदेशिक अस्पतालको रुपमा विकास गरिनेछ । प्रदेशमा रहेका ५० शैय्याको अस्पताललाई भेन्टीलेटरसहितको अस्पताल बनाइने भएको छ । प्रदेशमा रहेका २५ शैय्याका अस्पतालहरूलाई स्मार्ट अस्पतालको रूपमा विकास गरिने मन्त्री आङ्गबोले बताए । जसमा १ अर्ब १० करोड रुपैयाँ बिनायोजन गरिएको छ । मोरङको उर्लाबारीमा रहेको मंगबलार अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रूपमा विकास गरिने भएको छ ।