कर्णालीमा थप १ सय १० जनामा कोरोना पुष्टि

संक्रमितको संख्या १ हजार नाघ्याे

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जना र सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १०७७ पुगेको छ । भने निको हुनेको संख्या १ सय ५१ पुगेको छ ।