शिक्षकहरुकाे क्षमता बिकास तालिम शुरु

बर्दिया-  विगतमा नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडि ल्याएको छ । पुन वि.सं. २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी वि.सं. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टि मा केन्द्रित रहेर (वि.स. २०७३ देखि २०८०) सम्मका लागि यो योजना अगाडि ल्याइएको हो ।

 

सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिति कमजोर नै छ । कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका अझै पनि पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।

 

विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गर्न सक्छ किनभने धेरैजसो समय बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गरिदैन । शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिन्छ ।

 

अतः लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धति अनिवार्य हुन्छ । लैंगिक संवेदनशिल शिक्षणसिकाई पद्धतिले परम्परागत मुल्यमान्यतालाई चुनौती दिन्छ र रुपान्तरण गर्छ । परिवार पछि विद्यालय नै लैंगिक परम्परागत मुल्य मान्यतालाई प्रभाव पार्ने दोस्रो संस्था भएकोले लैंगिक समानता प्राप्त गर्न शिक्षण सिकाई प्रक्रियामा रुपान्तरण आवश्यक हुन्छ ।

 

परियोजना संचालन भएका बिधालयहरुमा तालिमले शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्घि भइ बिधालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा यसको प्रभाव तथा थप मद्घतपुग्ने अपेक्षा गरिएको छ ।

 

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बारबर्दिया नगरपालीकाको समन्वयमा नगर क्षेत्रभित्र लन परियोजना संचालन भएको बिधालयका फोकल शिक्षकहरका लागी शिक्षामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालीम बारबर्दिया नगरपालीकामा को जयनगरमा आजदेखि संचालन भएको छ ।

 

तालीम बाट नेपाली भाषाका पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंक मैत्री प्रर्याप्त शैक्षिक सामग्री भएनभएको, र कक्षाकोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंगिक विभेद पुर्ण बनाउन आबश्यक । किनभने धेरैजसो समय बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गरिदैन । शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्यमान्यतालाई निरन्तरता दिएको हुन्छ ।

अतः लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धति अनिवार्य हुन्छ । लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिले परम्परागत मुल्य मान्यतालाई चुनौतीको रुपमा रहेको छ । परिवार पछि विद्यालय नै लैंगिक परम्परागत मुल्य मान्यतालाई प्रभाव पार्ने दोस्रो संस्था भएकोले लैंगिक समानता प्राप्त गर्न शिक्षण सिकाई प्रक्रियामा रुपान्तरण आवश्यक हुन्छ ।

 

यस तालिमले सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिप वृद्धि गर्न विस्तृत भइ तालिम पछि बिधालय स्तरमा यसको प्रत्यक्ष रुपमा कार्यान्वयमा आउने अपेक्षा गरिएको छ ।

तालिमाको उदधाटन सत्रमा बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखा प्रमुख टेक प्रसाद पाण्डेले वालबालीकाको सिकाइलाइ प्रभावकारीता बनाउनका लागी बिधालय का कक्षा कोठामा प्रसस्त सामाग्री को ब्यबस्थापन हुन सकेको खण्डमा बालबालीकाको सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै अझ यस पालीका भित्र नमुना बिधालय निर्माणका लागी नगरपालीकाले कार्ययोजना निर्माण गरेको र यस्ता कार्यक्रमले शिक्षा मा थप मदत पुग्ने बताए।

 

हाल कोरोना भाइरस कारण संसार संक्रमणको जोखिम बढीरहेको अबस्था र यसको प्रभावले बिधालयहरु बन्द भएको अबस्थामा नगरपालीकाले बैकल्पीक शिक्षाका माध्यामबाट समेत बालबालीकाहरुको नियमित सिकाईलाइ प्रभावकारीता गराउने कार्यमा लागी परेको बताउदै बिगतदेखि स्याक नेपाल शाखा कार्यालय बर्दिया र प्लान इन्टरनेशनल नेपाल संगको समन्वयमा शिक्षाको गुणस्तर बिकासका लागी साझेदारि गदै आइरहको बताए ।

 

अन्तमा तालिम लिने र दिने मात्र नभइ यसको प्रयोग कक्षाकोठामा भएको देख्न पाएने अपेक्षाका साथ तालिममा सुभकामना ब्यक्त गरे। तालिममा परियोजना संचालन भएका करिब १५ जना फोकल महिला शिक्षकहरुको सहभागीता रहेको छ । तालीम बारबर्दिया नगरपालीका मा आइतवार देखि मंगलबार ३ दिन सम्म संचालन गरिने छ ।

 

तालिमको सहजीकरण नेत्रकला शाहीले गरेका थिए । तालिममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर सिमा वलीले बताए ।