शिशुमा यी कारणले हुनसक्छ क्याल्सियमको कमी, थाहा पाउनुहोस् क्याल्सियमको कमीका लक्षण

एजेन्सी – हड्डीलाई मजबुती प्रदान गर्नका लागि शरीरमा क्याल्सियमको आवश्यकता पर्छ । यसका साथै शारीरिक विकासका लागि पनि क्याल्सियम अत्यधिक महत्वपूर्ण मानिन्छ । यदि बालबालिकामा क्याल्यिमको कमी भए उनीहरुको शारीरिक विकासमा असर पर्न सक्छ । शिशुमा क्याल्सियमको कमी हुनु साधारण हो किनभने शिशु स्तनपानमा मात्रै निर्भर हुन्छन् । क्याल्सियमको कमी हुँदा उनीहरुको शारीरिक विकास रोकिने गर्छ । साथै विभिन्न प्रकारको समस्या देखिने गर्छ । शिशुको शरीरमा क्याल्सियमको कमीका कारण र लक्षण कस्ता हुन्छन्, त्यसबारे जानकारी लिऔं ।

शिशुमा क्याल्सियमको कमीका कारणः

थुप्रै शिशुमा जन्मलगत्तै क्याल्सियमको कमी देख्ने गरिन्छ । आखिर यसका के कारण हुनसक्लान्, यसबारे जानकारी लिऔं ।

– जन्मका बेला यदि शिशुलाई अक्सिजनको कमी हुन्छ भने उनीहरुलाई क्याल्सियमको कमी हुनसक्छ ।

– यदि आमा मधुमेहबाट ग्रसित छिन् भने पनि शिशुको शरीरमा क्याल्सियमको कमी हुनसक्छ ।

– शिशुमा भिटामिन डीको कमीका कारण पनि क्याल्सियमको स्तर कम हुन्छ ।

– १ वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिँदा उनीहरुलाई हाइपोक्याल्सिमियाको समस्या हुनसक्छ किनभने गाईको दुधमा फस्फोरस अत्यधिक मात्रामा पाइन्छ । त्यसैले एक वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिनु हुँदैन।

बालबालिकामा क्याल्सियमको कमी भयो भनेर कसरी थाहा पाउने ?

– शिशुमा अत्यधिक चिडचिडापन देखिनु

– मांसपेशीमा ऐठनको समस्या

– मुटुको गति स्लो हुनसक्छ

– शिशुको रक्तचाप पनि कम हुन्छ

– दाँत आउन समय लाग्दा

– रातभरी रुने र शरीरबाट अत्यधिक पसिना निस्कने