अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन् ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुगेका थिए ।

उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । लामो समयदेखि पार्किन्सनजस्तो देखिने गम्भीर रोगबाट पीडित सीताको थप उपचार मुम्बईको न्युरोजिन ब्रेन एण्ड स्पाइनल इन्टिच्युटमा उपचार भएको छ । ratopati