इण्डोनेशियामा ५६ यात्रु सवार विमान बेपत्ता


एजेन्सी – इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ। श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो। यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान हराएको बताएका छन्।

विमानमा ५६ यात्रु रहेको बताइएको छ। जसमा ७ बालबालिका र ६ जना क्य्रु मेम्बर रहेका छन्। २७ वर्ष पुरानो बोइङ ७३७-५०० नामको विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन्।