हुम्लामा हिमपात (फोटो फिचर)


हुम्लामा आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन बाक्लाे  हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको स्थानियले जनाएका छन्। उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भइरहेकाले स्थानियलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय हुम्लाले आग्रह गरेकाे छ।

फोटो सौजन्य : दाने बाेहाेरा