संविधान संशोधन विधेयक पारित

काठमाडौँ – नेपालको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको हो ।

विधेयकको पक्षमा २ सय ५८ मत परेको तथा विपक्षमा शून्य मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन् । उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।