सुर्खेत- कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित संख्या ७० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९१६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् । सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।
दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।
यस संगै हाल सम्मको जम्मा ९१६ मध्ये जिल्लागत संख्या दैलेख ५०२ जना, सुर्खेत १९७ जना, सल्यान १३७ जना, कालिकोट २८ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।