एजेन्सी – हरेक घरमा खाना हरेक दिन खाना पकाउने चलन रही आएको छ । खाना बनाएर खाएपछि पनि खाना नसकिँदा त्यसलाई राखेर भोलिपल्ट वा बासी भएपछि खाने पनि गरिन्छ ।
अझ व्यस्त जीवनशैलीका कारण एउटा समयमा नै बिहान बेलुकाको लागि खाना बनाउने पनि गरिन्छ । बारम्बार खाना पकाइराख्नको झन्झटले पनि एकैपटक खाना बनाउने गरिन्छ । साथै, बाहिरबाट खाना अर्डर गरेर पनि पछिको लागि फ्रिजमा राख्ने चलन रहेको छ ।
त्यसपछि फ्रिजमा राखेको खानालाई तातो बनाएर खाने गरिन्छ ।
यसरी बासी खानेकुरा खानाले स्वास्थ्यमा समस्या पनि ल्याउँछ । खाना बनाउने वित्तिकै फ्रिजमा राख्दा त्यसमा ब्याक्टेरिया र हानिकारक माइक्रोआर्गेनिज्म बन्न सुरु हुन्छ । खाना बनाएपछि त्यसलाई चिसो हुन छोडिदिएपछि जब फ्रिजमा राखिन्छ उक्त समयमा झन् धेरै ब्याक्टेरिया पैदा हुने गर्छ । जसले शरीरलाई प्रतिकुल असर पुर्याउँछ ।
बासी खाना खाँदा अपच, ग्यास जस्ता समस्याहरु आउँछन् । यसरी राखेको खानेकुरा खाँदा एसिडिटीको समस्या लामो समयसम्म रहन्छ । साथै, कहिलेकाँही यस्तो खानाले फुड पोइजन पनि हुने गर्छ ।