बिग व्यास लिगमा सन्दीपको पहिलो विकेट

काठमाडौं – अष्ट्रेलियन बिग व्यास लिगमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्। लामिछाने होबर्ट हुर्रिकेन्समा आवद्ध भएका छन्‌।

उनले आफ्नो पूर्व-क्लब मेलवर्न स्टारविरुद्ध खेल्दै तेस्रो बलमा हिल्टन कार्टराइटको विकेट लिएका हुन्‌। व्यक्तिगत ८ रन बनाउँदा सन्दीपले कार्टराइटलाई बोल्ड गरेका थिए।

टस हारेर ब्याटिङको लागि आएको हुर्रिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १६४ रन बनाएको थियो।

टीमका लागि डभिड मेलानले ५६ बलमा ७५ रनको पारी खेले। यसैगरी बेन म्यडेमोटले ३५ बलमा ३१ रन, कोलिन इङ्गा्रमले १२ बलमा २६ रन जोडे।

स्टारको तर्फबाट विल्ली स्ट्यानलेक ले ३, स्याम रेनवर्ड र म्याक्सवेलले १-१ विकेट लिए।

जवाफमा उत्रिएको स्टारका दुवै ओपनर सस्तैमा समेटिए। एन्ड्रे फ्लेन्चर १० र मार्कस स्टोइनस ७ रन बनाएर आउट भएका थिए।