एकैपटक २८ जनाविरुद्ध राजस्व अपचलन मुद्दा, १ अर्ब ३२ करोड मागदाबी

 

काठमाडौं – कर छलीको अभियोगमा राजश्व अनुसन्धान विभागले एकैपटक २८ जनाविरुद्ध मुद्दा चलाएको छ । मूल्य अभिवृद्धि कर, आयकर र लाभांश कर समेत छलीमा संलग्न भएको भन्दै विभागले सर्लाहीका राम किशोर प्रसादसहित २८ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बराबरको बिगो कायम गरिएको छ ।

प्रसादले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको नाममा मोहन ट्रेड इन्टरनेशनलसहित विभिन्न २६ वटा फर्म दर्ता गरेको, सबै फर्मको खाता आफैंले सञ्चालन गरी अघिल्लो ४ वर्षमा आयकर, मूल्य अभिवृद्धि कर र लाभांश कर समेत गरी सो बराबरको कर छली गरेको दाबी विभागले गरेको छ ।

विभागले मुल्य अभिवृद्धि करतर्फ ४३ करोड ८१ लाख ८० हजार, आयमरतर्फ ८६ करोड ५६ लाख २ हजार तथा लाभांश करतर्फ २० करोण् ८३ लाख ४ हजार रुपैयाँ छली गरेको पाइएको उल्लेख गर्दै सोही बराबर विगो र त्यसउपर जरिवाना र कैद सजाय मागदाबी गरेको हो ।