संघीय संसदको एउटा अंग मृत्यु श्ययामा छ, यसको प्रमुख कारण प्रधानमन्त्री हो : जितेन्द्र देव

काठमाडौं –  काँग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संघीय संसदको एउटा अंग मृत्यु श्ययामा पुगेको बताएका छन् । शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको सातौ अधिवेशनमा मन्तव्य राख्दै देवले संविधान अनुसार प्रतिनिधि सभाको पनि आज बैठक हुनुपर्ने भएपनि प्रतिनिधि सभा नरहेको भन्दै आज विशिष्ट परिस्थिति आइपरेको बताए ।

‘संघीय संसदको एउटा अंग मृत्यु श्ययामा छ । नेपाली राजनीतिको एउटा विशिष्ट अवस्था मात्रै नभएको भन्दै जनताको त्याग तपस्या र बलिदान । २००७ पछि निरन्तरका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनको उपलव्धि नै समाप्त हुने हो कि भन्ने लक्षण आकासमा मडारिरहेको छ । अग्रगमनका लागि लडेका सवै चिन्तित हुनु स्वभाविक हो’, देवको भनाइ छ । उनले प्रतिनिधि सभा बैठक विघटन संवैधानिक भनेर प्रधानमन्त्रीले भन्दै आएपनि त्यसविपरित पूरै देशले असंवैधानिक भनिरहेको बताए ।

‘देश राजनीतिक दुर्घटनामा पुगेको छ । अन्योल र कुहिरोको काग जस्तो, दिग्भ्रमति छ । दिशाहीन र मृत्युवरण गर्छ । यसको मुख्य कारण सरकार र प्रधानमन्त्री हुनुहुन्छ’, देवले असंवैधानिक कदमबारे अदालतमा रिट परेकाले त्यसबारे आउने निर्णय मान्ने आफ्नो पार्टीले निर्णय नै गरेको बताए ।

देवले प्रधानमन्त्रीले भनेजस्तो संसद भंग गर्ने अधिकार संविधानको धारा ७६ नभएको भन्दै कुनैपनि उपधारामा त्यस्तो अधिकार नभएको दावी गरे । प्रतिनिधि सभा जनताको प्रतिनिधि बस्ने ठाउँ भएको र यसलाई मर्न दिन नहुने बताए । उनले संविधानम संसदीय सर्वोच्चता हो कि प्रधानमन्त्रीय सर्वोच्च हो ? भन्दै प्रश्न गरे । उनले पार्टीभित्रको समस्या देश र संसदको समस्यामा लगेर जोड्दै प्रधानमन्त्रीले संसद भंग गरेकाले जनताले यही प्रश्न गरिरहेको बताए ।
उनले संसद विघटनबाट सवै चिन्तित रहेको र यसको उद्धार हुन्छ हुँदैन भनेर सर्वत्र चिन्ता बढेको बताए । उनले मध्यावधि निर्वाचन घोषणा भएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री केपी ओली काँग्रेसले भन्दै आएजसरी अधिनायकवादी चिन्तनतर्फ उन्मुख भएको प्रमाणित हुन लागेको हो कि भनेर प्रश्न गरे ।

देवले सरकारले संवैधानिक परिषद् सम्बन्धी ल्याइएको अध्यादेश समेत फिर्ता गर्न माग गरे ।

( राताेपाटी )