एजेन्सी – तेलुगु अभिनेता नरसिंह यादवको ५७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार राति हैदरावादमा उनको निधन भएको हो । गत अप्रिलमा उनी किड्नीसम्बन्धी समस्यासँग जुधिरहेको समाचार सार्वजनिक भएको थियो । हैदरावादको एक निजी अस्पतालमा उनको उपचार चलिरहेको थियो । पछिल्लो हप्ता यादवको स्वास्थ निकै बिग्रिएको थियो ।
नरसिंह यादव पछिल्ला ४० वर्षदेखि तेलुगु फिल्म उद्योगमा सक्रिय थिए । क्षण क्षणमा, मनी मनी, पोकिरीलगायत उनका फिल्म निकै चलेका थिए । १९७९ मा रिलिज भएको हेमा हिमिलू नामक फिल्ममार्फत उनले करियर सुरु गरेका थिए । अन्तिमपटक उनी २०१७ मा रिलिज भएको कैदी नम्बर १५० मा देखिएका थिए । नरसिंह यादव आफ्नो कमेडी अन्दाजका कारण पनि निकै लोकप्रिय छन् । उनले ३ सयभन्दा धेरै तेलुगु फिल्ममा काम गरिसकेका छन् ।