एजेन्सी – भारत, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सदस्य बनेको छ ।
नयाँ वर्षको सुरुवातमा भारत २ वर्षका लागि परिषद्को सदस्य बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारत सदस्य बनेपछि फ्रान्सले स्वागत गरेको छ। भारतमा रहेका फ्रान्सका राजदूत इम्यानुअल लेनिनले आफूहरुले अन्तर्राष्ट्रिय कानुनलाई बचाइ राख्ने, आतंकवादसँग लड्ने र बहुपक्षवादको बचाउन भारतसँग काँघमा काँघ मिलाएर अघि बढ्न उत्सुक रहेको उल्लेख गरेको अमरउजालाले जनाएको छ।
यसका लागि परिषदमा सुधारको आवश्यक्ता रहेको र जसका कारण भारतको स्थायी सदस्यता मिल्न सक्ने बताइएको छ। परिषदमा ५ स्थायी सदस्य र १० अस्थायी सदस्य हुन्छन्।
भारत यसको ८ पटक सदस्य राष्ट्र बनिसकेको छ। यसअघि भारतले सुरक्षा परिषदमा व्यापक सहयोगको खाँचो औंल्याउदै भारतले आफ्नो कार्यकालमा मानव अधिकार र विकास जस्ता विषयका पक्षमा रहने उल्लेख गरेको थियो। संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि राजदूत टिएस तिरुमूर्तिले भारतका जोड बहुपक्षवादमा रहने बताएका थिए।