कोभिड—१९ का कारण ११ स्वास्थ्यकर्मीको मृत्यु, ७ हजार ६ सय ३३ संक्रमित

 

काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का कारण हालसम्म ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गत ९ माघदेखि सुरु भएको कोरोना संक्रमणबाट विभिन्न समयमा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीका अनुसार देशभर ७ हजार ६ सय ३३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित मध्ये ७ हजार ५१५ जना निको भएर घर फर्किसकेका छन् । १ सय १० जना अझै उपचाररत छन् ।

निको भएकाहरु केही नियमित काममा फर्किसकेका छन् भने केही अझै काममा आउँन सकेका छैनन् । २६ सयभन्दा बढी उपत्यकामा संक्रमित भएका छन् । सरकारले कोरोनाबाट मृत्यु भएका स्वास्थ्यकर्मीलाई २५ लाख रुपैयाँ दिने निर्णय यसअघि नै गरिसकेको छ ।

तर, अहिलेसम्म कुनै पनि मृत्यु भएका स्वास्थ्यकर्मीका आफन्तले उक्त रकम पाएका छैनन् । – हेल्थ आवाज ।