फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

एजेन्सी – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा एक नर्सले कोरोनाविरुद्धको खोप लगाए पनि एक सातापछि संक्रमित भएको पाइएको छ। उनलाई फाइजरको कोरोना खोप लगाइएको थियो। म्याथ्यु डब्ल्यु नाम गरेकी ती महिला दुई अस्पतालमा नर्सको रूपमा काम गर्छिन्।

ती नर्सले १८ डिसेम्बरमा खोप लगाएकी थिइन्। फेसबुकमा उनले पोस्ट गरेर यसबारे जानकारी गराएकी थिइन्। उक्त महिलाले भनिन्, ‘भ्याक्सिन लगाएपछि मैले कुनै पनि प्रभाव महसुस गरेकी थिइनँ।

तर एक मिडिया रिपोर्टका अनुसार क्रिसमसपछि नर्सको अवस्था बिग्रिएको थियो। त्यसपछि उनले कोरोना परीक्षण गराएकी थिइन्। र उनमा संक्रमण पाइएको थियो।

तर फाइजर कम्पनीले उसको भ्याक्सिन ९५ प्रतिशत असरदार भएको दाबी गरेको थियो। उता पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडोभन्दा चाँडो यो खोपलाई मन्जुरी दिन दबाब दिँदै आएका थिए।