मेचु धिमाल र विकास लिम्बूको’पानी कलल’ बजारमा

 

काठमाडौं – गायिका मेचु धिमाल र गायक विकास लिम्बूको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पानी कलल’ बोलको गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ।

सार्वजनिक गीतको भिडियोमा पनि गायकद्वय मेचु र विकास आफैँ फिचर भएका छन्। भिडियोमा मेचु र विकास रोमान्टिक देखिन्छन्।

मेचुकै निर्देशन तथा कन्सेप्टमा भिडियो तयार भएको छ। भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन्। भिडियोमा राज पोखरेलले ड्रेन चलाएका छन्। भिडियोलाई मेचु धिमालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।